होमपेज > स्रोत नखुलेको २० लाख बढी भारतीय रुपैयाँसहित ६ जना पक्राउ

स्रोत नखुलेको २० लाख बढी भारतीय रुपैयाँसहित ६ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

कपिलवस्तुको कृष्णनगरबाट स्रोत नखुलेको २० लाखभन्दा बढी भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मुम्बईबाट आएका ५ जना र गोंडा जिल्लाबाट आएका १ जना रहेको प्रहरीले जनाएको छ। ५ जना पुरुष र १ महिला रहेको कपिलवस्तु जिल्लाका प्रहरी नायब उपरीक्षक मोहन मणी अधिकारीले जानकारी दिए।

बिज्ञापन

उनीहरूलाई कृष्णनगर लिंक गेटमा नियमित चेकजाँचको क्रममा सोमबार बेलुका नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। प्रहरीले चेकजाँच गर्ने क्रममा दुईवटा भारतीय नम्बर प्लेटका गाडी पनि नियन्त्रणमा लिएको छ । युपी ४२ डीटी ५७२१ नम्बरको गाडीबाट ७ लाख ५० हजार र युपी ६६६३ नम्बरको गाडीबाट १३ लाख भारतीय रुपैयाँ फेला परेको हो।

बिज्ञापन

पक्राउ परेका व्यक्तिहरूको साथमा रहेका यी रकमहरूको कुनै वैध स्रोत नखुलेपछि प्रहरीले तुरुन्तै उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। स्रोत नखुलेको यति ठूलो परिमाणको रकमले प्रहरीले अवैध कारोबार, गैरकानूनी आर्थिक लेनदेन, वा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको शंका गरेको छ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध आर्थिक कारोबार रोक्न प्रहरीले लामो समयदेखि विशेष अभियान सञ्चालन गर्दै आएको छ। पक्राउ परेका व्यक्तिहरूलाई हाल कपिलवस्तुको प्रहरी नियन्त्रणमा राखिएको छ। उनीहरूलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाउनका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते