होमपेज > ह्वातै बढ्यो सुनको भाउ, प्रतितोला किन्दा कति पर्छ मूल्य?

ह्वातै बढ्यो सुनको भाउ, प्रतितोला किन्दा कति पर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।

बिज्ञापन

आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २७२१ अमेरिकी डलर छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य आकाशिएपछि सोअनुसार समायोजन हुँदा नेपालमा बढेको हो ।

बिज्ञापन

यतिबेला प्रमुख दुई कारणले सुनको भाउ बढाएको सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ । पहिलो– मध्यपूर्वी युद्ध र दोस्रो– अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितता । ‘जब जब अन्तर्राष्ट्रिय तनाव र द्वन्द्व बढ्न थाल्छ, त्यसले सुनको माग ह्वात्तै बढाउने गरेको छ, यतिबेला मध्यपूर्वी युद्धको तनाव छ, अर्कोतिर अमेरिकी राष्ट्रपतिको चुनावपछि बढ्न सक्ने अनिश्चितताले लगानी सुनतिर मोडिएको छ’ विजडमट्री कमोडिटी रणनीतिकार नितेश शाहले भनेका छन् ।

त्यस्तै अमेरिकामा घट्दो ब्याजदरले पनि सुनको मूल्य बढाउन सहयोग गरिरहेको उनले टिप्पणी गरेका छन् । अमेरिकी केन्द्रीय बैंकले अब ब्याजदर घटाउँदै लैजाने रणनीति लिएको छ, यसले गर्दा सुनको माग बढेको छ । रुस–युक्रेन युद्ध र त्यसले निम्तिएका संकट, विश्वका केन्द्रीय बैंकको उच्च भण्डारण, अमेरिकामा घट्न थालेको ब्याजदर र पछिल्लो समय इरान–इजरायल युद्धले सुनको मूल्य बढाउँदै लगेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते