होमपेज > चापाकोटमा बम बिस्फोट, नेपाल सेनाको पूर्व कर्मचारी घाइते

चापाकोटमा बम बिस्फोट, नेपाल सेनाको पूर्व कर्मचारी घाइते

बिज्ञापन
बिज्ञापन

चापाकोटमा बम बिस्फोट भएको छ। चापाकोट नगरपालिका–४ मल्याङ्कोट पुरीगाँउका गोविन्द पुरीको घरमा बम बिस्फोट भएको हो।

बिज्ञापन

पुरीको तीन तले कच्ची घरको माथिल्लो तलाबाट दोस्रो तलामा सामान सार्ने क्रममा शनिबार साँझ बम बिस्फोट भएको वडा नं. ४ का वडाअध्यक्ष अर्जुन खाणले जानकारी दिए। घटनामा परी ४५ वर्षीय घरधनी पुरी घाइते भएका छन्। उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ। पुरीको बायाँ आँखा भन्दा मुनी बायाँ खुट्टा र नाइटो भन्दा तल चोट लागेको वडा अध्यक्ष खाणले बताए। पुरी नेपाल सेनाको पूर्व कर्मचारी हुन्। उनले दुई वर्ष अगाडि अवकाश लिएका थिए।

बिज्ञापन

घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि पौडेलले जानकारी दिए। उनका अनुसार आइतबार नेपाली सेना सहितको टोली घटनास्थलमा पुग्ने छ। घटनाबारे विस्तृत अनुसन्धान हुने उनको भनाइ छ। बम कुन प्रकृतिको हो अनुसन्धान पछि जानकारी हुने प्रहरीले जनाएको छ। घाइते पुरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पुरीको कच्ची घरमा समेत क्षति पुगेको प्रहरीको भनाई छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते