होमपेज > मेडिकल सुपरिटेण्डेन डा.सन्तोषमाथि हातपात

मेडिकल सुपरिटेण्डेन डा.सन्तोषमाथि हातपात

बिज्ञापन
बिज्ञापन

इनरुवा अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.सन्तोष राईमाथि हातपात भएको छ ।

बिज्ञापन

एउटा बिरामीको रिपोर्टमा अर्को बिरामीको औषधि सिफारिस गरेको भन्दै इनरुवा नगरपालिका-६ का खेमराज थापाले शनिबार साँझ डा. राईमाथि हातपात गरेको प्रहरीले जनाएको छ । थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार जानकारी दिए । आफ्नी आमाको उपचारका लागि अस्पताल लिएर गएका थापाले चिकित्सकले गम्भीर लापरबाही गरेकाले मेसु राईमाथि हातपात गरेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।

बिज्ञापन

थापाकी आमाको ब्लड रिपोर्टमा किड्नी फेल भएका अर्का बिरामीको रिपोर्टको आधारमा मेसु राईले औषधि सिफारिस गरिदिएको र उक्त रिपोर्ट अर्को चिकित्सकलाई देखाउँदा समस्या भएको थापा पक्षको दाबी छ । बिरामीको नाम र रिपोर्ट राम्ररी नहेरी गलत औषधि सिफारिस गरेर बिरामीको स्वास्थ्यमा गम्भीर लापरबाही गरेको भन्दै मेसु राईमाथि कुटपिट गरेको प्रहरीलाई थापाले बताएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए । घटनाका बिषयमा मेसु राईमाथि बारम्बार सम्पर्क गरिए पनि उनी सम्पर्कमा आएनन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते