होमपेज > आज विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

बिज्ञापन
बिज्ञापन

अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्षको विश्व हात धुने दिवसको नारा ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्रु’ छ।

बिज्ञापन

चिकित्सकका अनुसार शौचालय गएपछि, बालबालिकाको दिसा धोएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनुअघि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुनपानीले नियमित हात धुने गर्नुपर्छ। साथै बालबालिकालाई पनि साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ।

बिज्ञापन

साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन्। यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ। नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छ समाज र स्वस्थ जीवनका लागि महत्त्वपूर्ण रहेको हात धुनुलाई सबैले व्यवहारमा उतार्नुपर्ने बताएका छन्। उनले आफ्नो दिनचर्यामा नियमितरूपमा हात धुने कार्यलाई समावेश गर्न सबै नागरिकलाई अपिल गरेका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते