सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षका महेश पौडेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
बिज्ञापन
सोमबार साँझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको थियो।
बिज्ञापन
अस्पतालमा उपचारका क्रममा राति ८ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए।








