मकवानपुरको भीमफेदी गाउँपालिका–४ र ६ को सीमाना गोल्फिङबेंसीमा बस दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् ।
बिज्ञापन
स्थानीय युवा बादल सिलवालका अनुसार बुधबार साँझ ७ बजे काठमाडौंको कोटेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको बस सडकबाट करिब २० मिटर तल झरेको हो । ‘हामी स्थानीयले सबैको उद्धार गरेका छौं । पाँचजना गम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएका छौं’, उनले भने ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटनाको खबर प्राप्त भएसँगै प्रहरी निरीक्षकको कमाण्ड उद्धारका लागि खटिएको जनाएको छ । बसमा करिब ३५ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।








