औषधीय गुण भएको हाम्रो घरआँगनमा सजिलै पाईने घिउ कुमारी पोथ्रा वर्गमा पर्ने वनस्पति हो । स्वास्थ्य र सौन्दर्यको दृष्टिकोणले महत्वपूर्ण मानिने घिउ कुमारीलाई आयुर्वेदमा संजिवनी पनि मानिन्छ ।
बिज्ञापन
घिउ कुमारीमा मानव शरीरलाई अत्यावश्यक पर्ने भिटामिन ए र सी रहने भएकाले यस्ले विभिन्न प्रकारको रोगहरु निको पार्न मदत गर्दछ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । घिउ कुमारी अर्थात एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न। घिउ कुमारी पाइल्सका रोगीहरुलाई अचुक औषधी हो । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ । त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने शीतलता प्रदान गर्छ ।
बिज्ञापन
घिउ कुमारीको प्रयोगबाट पेटको रोग जस्तै: वायु ,अल्सर, अम्लपित्त आदिको सिकायत हटेर जाने गर्दछ । जोड्नी दुखेमा रक्तसंचारको रुपमा घ्यू कुमारीलाई बेजोड् मानिन्छ।घिउ कुमारीले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ। दैनिकरुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ। यस्ले छालाको नरमपनलाई कायम राख्दछ । गर्मिमा सनबर्नलाई रोकेर छालाको सुरक्षा गर्दछ।
-घ्यु कुमारीका फाइदाहरु:
बिज्ञापन
१-रोग प्रतिरोधक क्षमता बढाउँन
घिउ कुमारीमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन हुन्छ । जस्ले रगतको कमी हटाएर रोग प्रतिरोधक क्षमता बढाउँदछ । घ्यु कुमारीको जुसको नियमित सेवनले छालाको भित्रीभाग मजबुत हुने गर्दछ ।
२-शरीरमा फूर्ती ल्याउन
घिउ कुमारीको काँडादार पातलाई ताछेर यस्को रस निकाल्ने गरिन्छ । तीन चार चम्मच रस विहान खालिपेटमा लिनाले दिनभर शरीरमा फूर्ती रहन्छ ।
३-कब्जियतमा फाईदा
घिउ कुमारीको जुस पिउनाले कब्जियत रहन्न ।
४-कपाल चमकदार र स्वस्थ
घिउ कुमारीको जुस मेहंदीमा मिलाएर लगाउँनाले कपाल चमकदार र स्वस्थ हुन्छ ।
५- सुगर नियन्त्रण
घिउ कुमारीको जुस पिउँनाले शरीरमा सुगरको स्तर उचित रुपमा रहने गर्दछ ।
६-पेटको विकार हटाउँन
घिउ कुमारीको जुसको सेवनले बवासीर, डायबिटीज, गर्भाशय को रोग तथा पेटको विकारलाई हटाउँने गर्दछ ।
७-साैन्दयता बढाउन
घिउ कुमारीको जुस पिउनाले छालाको खरावबी, मुहांसे, रूखी त्वचा, धुपबाट डडेको छाला, झुर्रियां, अनुहारको दाग धब्बा, आखाँको कालो घेरा हट्दछ । घ्यु कुमारी को जुसले छालालाई नरम र स्वस्थ्य बनाएर राख्दछ । यस्ले स्किनको कोलेजन तथा लचीलेपनलाई बढाएर स्किनलाई जवान र तन्दुरुस्त राख्दछ ।
८-इन्फेक्शन रोक्न
घिउ कुमारीको जुस पिउनाले मच्छडले टोकेर फैलने इन्फेक्शन कम हुन्छ ।
९-हीमोग्लोबिनको मात्रा बढाउन
घिउ कुमारीको जुसले रगत प्यूरीफाई गर्दछ । साथमा हीमोग्लोबिनको कमी पनि पुरा गर्दछ । शरीरमा ह्वाईट ब्लड सेल्सको संख्या बढाउँदछ ।
-यो पनि पढ्नुहोस्:








