होमपेज > मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

बिज्ञापन
बिज्ञापन

धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् ।

बिज्ञापन

मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका- १२ रघुनाथपुर बस्ने वर्ष ४८ का विश्वेश्वर मण्डल रहेका धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार आइतबार साँझ जनकपुरबाट धनुषाधाम तर्फ गइरहेको स ७ प ३९३२ नम्बरको मोटरसाईकल मिथिलाविहारी नगरपालिका-२ पर्शुराम तलाउस्थित अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

बिज्ञापन

दुर्घटनामा गम्भीर घाइते मण्डलको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलमा पछाडि सबार मृतककै आफन्त नन्द मण्डलकी २२ वर्षीया छोरी रेणु मण्डल गम्भीर घाइते रहेको डीएसपी सिंहले बताए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते