प्रोटीन युक्त गुण भएको भट्मासलाई तरकारी, साधेर खाने गरिन्छ । भट्मासको स्वाद निक्कै मिठो हुन्छ । भट्मासमा भिटामिन–ए पनि भरपूर मात्रामा पाइन्छ ।
बिज्ञापन
भट्मास, जसलाई प्रोटीनको स्रोत मानिन्छ । यसको अतिरिक्त भट्मासमा भिटामिन–ए पनि भरपूर मात्रामा भएकोले भट्मास खाँदा शरीरमा एमिनो एसिड उत्पन्न हुन्छ । जो शरीरलाई फिट राख्न धेरै आवश्यक हुन्छ । त्यस्ता व्यक्ति जो धेरै शारीरिक व्यायाम गर्छन् र शरीरका लागि प्रोटीन चाहन्छन, उनीहरुका लागि भट्मास धेरै फाइदाजनक हुन्छ ।
बिज्ञापन
-भट्मास खानुका फाईदाहरु:
१-चाउरीपनाबाट छुट्काराः
बिज्ञापन
भटमासको नियमित रुपमा प्रयोग गर्नाले चाउरीपनाबाट छुट्कारा पाउन सकिन्छ । धेरैजसो मानिसहरुको अनुहार कम उमेरमै चाउरी पर्ने गर्छ। भटमासको नियमित रुपमा प्रयोग गर्नाले यस्तो समस्या थोरै समयमानै हराउने छ।
२-कपाललाई बलियो बनाउन:
टुक्रिने र कपाल रफ हुने कारणले गर्दा महीला मात्र नभएर पुरुषहरु पनि चिन्तित हुने गर्छन्। हाम्रो रहन सहनका कारण कपालमा समस्या आएको हुन्छ । यदि तपाई आफ्नो लामो,बाक्लो र चम्किलो कपाल बनाउन चाहनुहुन्छ भने आजै देखि नियमित रुपमा भटमासको प्रयोग गर्नुहोस् । भटमासमा अधिक मात्रामा प्रोटिन पाइन्छ जसले कपाललाई बाक्लो र चम्किलो बनाउन मदत गर्छ।
३-रिगाटा लागेमा:
थोरै समय घुमफिर गर्ने बित्तिकै रिगाटा लाग्ने वा कमजोरी महसुस हुने गर्छ भने भटमासको प्रयोगले यस्तो कमजोरीबाट छुट्कारा पाउन सकिन्छ ।








