होमपेज > काठमाडौँमा व्यापारीको अपहरणपछि फिरौती लिएर हत्या, ५ जना पक्राउ

काठमाडौँमा व्यापारीको अपहरणपछि फिरौती लिएर हत्या, ५ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

काठमाडौँका एक व्यापारीको अपहरणपछि फिरौती लिएर हत्या भएको खुलेको छ। असोज ६ गते बिहान साढे ८ बजे काभ्रेको पाँचखाल नगरपालिका-८ को ४९ किलो भन्ने ठाउँमा एक पुरुषको शव फेला परेको थियो।

बिज्ञापन

जिल्ला प्रहरी काभ्रेका अनुसार उनको अपहरणपछि फिरौती लिएर हत्या गरिएको खुलेको हो। मृतक कीर्तिपुर नगरपालिका ५ का ५० वर्षीय विनोद खड्गी भएको उनका छोराले सनाखत गरेका छन्। प्रहरीले अपहरणपछि ५ लाख रूपैयाँ फिरौती लिएर हत्यामा संलग्न रहेको आरोपमा ५ जनामाथि कर्तव्य ज्यानको कसुरमा मुद्दा अगाडि बढाएको छ।

बिज्ञापन

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका २ घर भई भक्तपुरको मध्यपुर ठिमीमा डेरा बस्ने २१ वर्षीया मनिषा महत, काठमाडौँको शंकरापुर नगरपालिका ५ का २२ वर्षीय सरिन घिमिरे र २१ वर्षीय निकेश पौडेल, महोत्तरीको गौशाला नगरपालिका ६ घर भई भक्तपुरको कौशलटार बस्ने आशिष पासवान र बागलुङको गलकोट नगरपालिका ७ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतिश गौतम रहेका छन्।

ती व्यवासायीलाई हनी–ट्रयापमा पारेर युवतीको कोठामा बोलाएको र अपहरण गरी ५ लाख रूपैयाँ फिरौती पनि लिएको खुलेको छ। मनिषालाई भेट्न गएका खड्गीलाई यी ५ जनाले मनिषाको कोठाबाटै अपहरण गरेको र कुटपिट गरी फिरौती रकम लिएको काभ्रेका डीएसपी मीनबहादुर घलेले जानकारी दिए। फिरौती रकम लिइसकेपछि उनीहरूले खड्गीको हत्या गरेर शव झाडीमा फालिदिएका थिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते