धनकुटाको मुलघाटस्थित तमोर नदीमा आइतबार दुई महिलाको शव भेटिएको छ । तमोर नदी र लेउती खोलाको दोभानमा दुई महिलाको शव भेटिएको हो ।
बिज्ञापन
आइतबार बिहान ८:३० बजेतिर ती शव भेटिएका धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । शवको पहिचान खुलेको छैन । ती शव छिमेकी जिल्लाबाट नदीले बगाएर ल्याएको हुनसक्ने आशंका गरिएको छ ।
बिज्ञापन
शवको पहिचान खुलेको छैन । तेह्रथुम र पाँचथरमा सोधपुछ भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । दुबै शवलाई पोष्टमार्डमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।








