सुनको मूल्यमा लगातार वृद्धि भइरहेको छ ।
बिज्ञापन
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।
बिज्ञापन
यस अघि बिहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।








