होमपेज > दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

बिज्ञापन
बिज्ञापन

बाँकेमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते छन्।

बिज्ञापन

नेपालगञ्ज उपमहानगरपालिका–२० राँझाका ४७ वर्षीय लोकबहादुर बंसीको उपचारका क्रममा नेपालगञ्ज नरसिंह होममा बिहीबार दिउँसो १२:४० बजे मृत्यु भएको बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर मगरले बताए। बंसी भे ७ प ४३४० नम्बरको मोटरसाइकलका चालक हुन्।

बिज्ञापन

हुलाकी राजमार्ग अन्तरगत बिनौनादेखि अगैयातर्फ आउँदै गरेको बंसीले चलाएको भे ७ प ४३४० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका २५ वर्षीय राधेश्याम थारुले हाँकेको भे १२ प ८४२० नम्बरको मोटरसाइकल दिउँसो १२ बजेतिर राप्ती गाउँपालिका–४ धामपुर बर्काटोलमा आपसमा ठोक्किएका थिए।

दुर्घटनामा परेका राधेश्याम थारूको अवस्था पनि गम्भीर रहेको प्रहरी निरीक्षक मगरले बताए। उनको पनि नेपालगञ्ज नरसिंह होममा उपचार जारी छ। घटनाबारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते