होमपेज > विराटनगरको इलेक्ट्रिक साइकलको सोरुममा लागेको आगो नियन्त्रणमा

विराटनगरको इलेक्ट्रिक साइकलको सोरुममा लागेको आगो नियन्त्रणमा

बिज्ञापन
बिज्ञापन

विराटनगर महानगरपालिका-२ मुनालपथस्थित भब्या इन्टरनेशनलमा लागेको आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको छ।

बिज्ञापन

विराटनगर महानगरपालिकाबाट गएको ३ वटा दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्। दिउँसो २ बजेतिर आगलागी सुरु भएको थियो। आगो ३:४५ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

बिज्ञापन

इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गरिने पसलमा आगलागी हुनुको कारण खुलेको छैन। मनिष वंशलले सञ्चालन गर्दै आएको उक्त पसलबाट बिजुलीले चल्ने साइकल तथा सफारी बिक्री गरिँदै आएको थियो। आगोले पसल पूर्णरूपले जलेको छ। क्षतिको विवरण आइसकेको छैन। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले क्षतिको विवरण संकलनको काम भइरहेको बताए।

आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरू पनि जलेका छन्। ब्याट्री पड्किएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ। आगलागी सुरु भएको करिब १ घण्टासम्म पनि दमकल नआइपुगेको भन्दै स्थानीय आक्रोसित बनेका थिए। विराटनगर महानगरपालिकाको दमकललाई घटनास्थल पुग्न नै करिब १ घण्टा लागेको स्थानीय बताउँछन्।

बिज्ञापन

यसैबीच राजमार्गसँगै जोडिएको पसलमा आगलागी भएपछि सवारीसाधन सञ्चालनमा समस्या भएको थियो। राजमार्गको पूवतर्फ रहेको पसलमा आगो लागेको हो। जसका कारण पूर्वतर्फको लेनमा सवारीसाधन सञ्चालन हुन सकेनन्। घटनास्थलमा खटिएका ट्राफिक प्रहरीले ‘डाइभर्ट’ गरेर पश्चिमतर्फको लेनबाट सवारीसाधन सञ्चालनमा सहजीकरण गरेका थिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते