गरिमा विकास बैंकले ५ लाख ३३ हजार २८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखिएको हो।
बिज्ञापन
बैंकका अनुसार बिक्रीमा राखिएकोमध्ये १ लाख ८ हजार १३० कित्ता सेयरका लागि बैंकका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। संस्थापकले ३५ दिनभित्र सेयर नकिनेमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।
बिज्ञापन
तर, बिक्रीमा राखिएकोमध्ये ४ लाख २५ हजार १५६ कित्ता सेयर भने सर्वसाधारणले किन्न पाउने भएका छन्। सेयर खरिदका लागिलगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाइएको छ।








