होमपेज > बाढीमा परेर ६ जनाको मृत्यु

बाढीमा परेर ६ जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ । अन्य १० जना हराइरहेका छन् । कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्सामा बाढी र पहिरो आएको थियो ।

बिज्ञापन

शनिबारदेखि शुरु भएर सोमबार मध्याह्नसम्म भारी वर्षा हुँदा प्रिफेक्चरको वाजिमा र सुजु शहर प्रभावित भएका छन् । आइतबार दुवै सहरमा महिनाभरि पर्ने पानी एकै दिनमा परेको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार छापेका छन् । दर्जनौँ नदीमा पानीको स्तर बढेका छन् भने सडकमा सवारी आवागमन प्रभावित भएर प्रिफेक्चरभरका सय भन्दा धेरै समुदायहरू एक्लिएको बताइएको छ । मृतकमध्ये दुई जना वाजिमा सहरमा पहिरो प्रभावित सुरुङ नजिक मृत भेटिएका थिए ।

बिज्ञापन

यीमध्ये एक जना सडक मर्मतका समान बोकेर गएका निर्माण कामदार थिए । मर्नेमा दुई जना वृद्ध पुरुष र एक महिला पनि रहेको भन्दै स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जापान टाइम्सले समाचार छापेको छ । जापानको मौसम विभागले शनिबार इशिकावाका लागि ‘जीवन नै धराप’ भन्दै उच्च स्तरको चेतावनी जारी गरेको थियो । आइतबार चेतावनीको स्तर घटाएर नियमति खालमा झारिएको थियो । सोमबार मध्याह्न सम्मै पनि मुसलधारे वर्षा हुने सक्ने भन्दै अधिकारीहरूले स्थानीयहरूलाई सतर्क रहन भनेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते