कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ, जिरीको साग र हरियो धनियाको भाउ घटेको छ ।
बिज्ञापन
आज डल्ले च्याउ प्रतिकिलो ३६ रुपियाँले घटेको हो । हिजो ३२६ मा कारोबार भएकामा आज २९० रुपियाँ कायम भएको छ । त्यस्तै, अघिल्लो दिन ९५ रुपियाँ रहेको जिरीको साग २० रुपियाँ घटेर ७५ मा झरेको छ ।
बिज्ञापन
त्यस्तै, हरियो खुर्सानी १५ रुपियाँले सस्तो भएर प्रतिकिलो ९५ रुपियाँमा किनबेच भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । रातो आलु रू ६२.६७ के.जी, प्याज सुकेको (भारतीय) रू ११२.३३ के.जी, भिण्डी रू ४५.०० के.जी, रायो साग रू ७५.०० के.जी, र करेला रू ६५.०० रुपियाँमा प्रतिकिलो किनबेच भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
बिज्ञापन








