होमपेज > केराबारीमा बेपत्ता बालकको १३ दिनपछि भेटियो कंकाल

केराबारीमा बेपत्ता बालकको १३ दिनपछि भेटियो कंकाल

बिज्ञापन
बिज्ञापन

मोरङको केराबारीमा बाबुसँगै जंगल जाँदा बेपत्ता भएका १ बालकको कंकाल फेला परेको छ । प्रहरीका अनुसार केराबारी गाउँपालिका–६ बस्ने पदमबहादुर तामाङका १४ वर्षीय छोरा दीपबहादुर तामाङको कंकाल शनिबार दिउँसो भेटिएको हो ।

बिज्ञापन

केराबारी–६ स्थित आहाले समुदायिक वनभित्र दिउँसो १ बजेतिर कंकाल फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार जंगलमा दाउरा खोज्न गएकाहरुले मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । दीपबहादुर भदौ २३ गते दिउँसो बाबु पदमबहादुरसँग जंगल गएको पत्ता लागेको छ । १३ दिनपछि उनको कंकाल भेटिएको हो । ‘बन्चरोको बिँड काट्नलाई भनेर बाबु–छोरा जंगल गएका रहेछन् । काम सकिएपछि बाबु घर फर्किए । छोराले म केहीबेरमा आउँछु भनेर भनेछन् । तर, फर्किएर गएनन् । परिवार र आफन्तले खोजी गरिरहेका बालकको एक्कासि कंकाल फेला परेको हो,’ डीएसपी जोशीले भने ।

बिज्ञापन

उनका अनुसार कंकालको केही भाग रुखले किचिरहेको अवस्थामा भेटिएको छ । ‘रुख ढलेर किच्दा बालकको मृत्यु भएको हुनसक्ने देखिन्छ । कंकाल पनि ढलेको रुखले च्यापिएको अवस्थामा भेटिएको हो,’ उनी भन्छन्, ‘विस्तृतमा घटनाको अनुसन्धान अघि बढाइएको छ । थप विषय अनुसन्धानपछि पत्ता लाग्छ ।’ जोशीका अनुसार घटनास्थलमा भेटिएको कपडाका आधारमा बाबु पदमबहादुरले ‘कंकाल मेरै छोराको हो’ भनेर सनाखत गरिदिएका हुन् । शरीरका अंग छरपस्ट रहेको अवस्थामा कंकाल भेटिएको थियो । ढलेको रुखले लागेर मृत्यु भएपछि जंगली जनावरले खाएको हुनसक्ने प्रहरीको आशंका छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कंकाल उठाएर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । खत्री नेतृत्वकै प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते