होमपेज > लागुऔषध सहित १० जना पक्राउ

लागुऔषध सहित १० जना पक्राउ

बिज्ञापन
बिज्ञापन

झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचिनगर नगरपालिका-४ स्थितमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका भारत दार्जिलिङका १९ बर्षिय सरोज माझी र शिवसताक्षी नगरपालिका-१ का २३ बर्षिय बिशाल खड्का र काठमाण्डौ महानगरपालिका-५ का २५ बर्षिय गणेश थापा समेतलाई ५५ ग्राम ब्राउन सहित नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका-२ का २० बर्षीय सौगात थापा, २१ बर्षीय सागर खत्री, २३ बर्षीय सुरज राई र सुन्दरहरैचा- ११ का २० बर्षीय पुकार विश्वाकर्मालाई ट्रमाडोल, डिकोलिक, ओबिन, लाईसिटोन र स्पाज्मिड समेत गरी ७०७ ट्याब्लेट निषेधित औषधी सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले २० बर्षीय आकाश साहलाई ट्रामाडोल ४ हजार ८ यस ट्याब्लेट सहित पक्राउ गरेको छ ।

बिज्ञापन

यस्तै, इलाका प्रहरी कार्यालय कटरी उदयपुरको प्रहरी टोलीले कटारी नगरपालिका-८ का दल बहादुर आले मगर र सुमन आले मगरलाई १० किलोग्राम ९६० ग्राम गाँजा सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते