सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बौद्धस्थित रहेको मिराज बेकरीबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बिज्ञापन
शुक्रबार भएको उक्त सम्झौताअनुसार बैंकका ग्राहकले बेकरीमा छुट पाउनेछन् । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले उक्त बेकरीमा १५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ ।
बिज्ञापन
डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यस किसिमको सेवा ल्याउने गरेको बैंकले बताएको छ ।








