सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ।
बिज्ञापन
जिल्लाको बाहुनेपाटी केन्द्रमा पछिल्लो एक घन्टामा ४३.६ मिलिमिटरभन्दा बढी वर्षा भएको छ। भोताङमा ३४.६, दुवाचौरमा २७, मेलम्ची घ्याङमा २६.४, तार्के घ्याङमा २४ मिलिमिटर वर्षा भएको हो।
बिज्ञापन
वर्षा हुने क्रम नरोकिएकोले मेलम्ची, इन्द्रावती, भोटेकोसी लगायतका नदीमा जल सतह बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।








