होमपेज > फोन पेको ‘सुपर यात्रा’ अभियान, भाग्यशाली ग्राहकलाई निःशुल्क हवाई टिकट

फोन पेको ‘सुपर यात्रा’ अभियान, भाग्यशाली ग्राहकलाई निःशुल्क हवाई टिकट

बिज्ञापन
बिज्ञापन

नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोन पेले असोज २ गतेदेखि लागू हुने गरि प्रतिक्षित ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । दशैँ र तिहार चाँडै नजिकिँदै गर्दा यो अभियानले हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्षित गरेको छ ।

बिज्ञापन

‘सुपर यात्रा’ अभियानको अंशको रूपमा नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा तीन सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा दुई सय रुपैयाँ क्यासब्याकको लाभ लिन सक्नेछन् । यी क्यासब्याक प्रस्तावहरूको अतिरिक्त फोन पेले रोचक गिफ्टहरूको पनि घोषणा गरेको छ । एक भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन् भने हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउने छन् ।

बिज्ञापन

यो पहल चाडपर्वको समयमा यात्रा मागको उच्च स्तरलाई पूरा गर्न र प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिज़ाइन गरिएको छ । सहज अनलाइन सेवाहरूको बढ्दो प्राथमिकतासँगै फोन पे प्रयोगकर्ताहरूलाई हवाई टिकट बुकिङको लागि एक समर्पित, नगदरहित अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

‘दशैँ र तिहार नेपालमा प्रमुख यात्रा सिजनहरू हुन् । सुपर यात्रा अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न चाहन्छौं’, फोन पेका सीएसओ सुभोद शर्माको भनाइ छ । ‘क्यासब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट हामी ग्राहक सन्तुष्टि बढाउन र थप प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहन्छौं, शर्माले भनेका छन् ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते