होमपेज > उद्योगीहरुलाई देशमै आयआर्जनको वातावरण निर्माण गर्न उद्योगमन्त्रीसँग नाडाको आग्रह

उद्योगीहरुलाई देशमै आयआर्जनको वातावरण निर्माण गर्न उद्योगमन्त्रीसँग नाडाको आग्रह

बिज्ञापन
बिज्ञापन

सोमबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको एक प्रतिनिधी मण्डलले उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको छ।

बिज्ञापन

छलफलमा अध्यक्ष चौधरीले भारतिय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको बताउँदै सरकारले उद्योग व्यवसायलाई हेर्ने दृष्ट्रिकोण अझै पनि सकारात्मक हुन नसकेको गुनासो गरे। अध्यक्ष चौधरीले देशमा नेपालकै उत्पादनले बजार पाउने वातावरण हुनु पर्ने भन्दै लुव्रिकेण्टस उद्योगका नाममा फिनिष्ड गुड नै नेपालमा ल्याएर विक्री वितरण भईरहेकोले यसलाई रोक्नु पर्ने धारणा राखे।

बिज्ञापन

सोही क्रममा अध्यक्ष चौधरीले नेपालमै टायर उद्योगहरु खोलिएपनि त्यसका लागि व्यवस्थान भएको जिकिर गर्दे बुट मोडेलमा बाहेक लगानी नेपालमा ल्याउन सम्भव रहेको बताए । उनले सरकारले देशका उद्योगी व्यवसायीहरुको लागि आफ्नो देशमै उद्योग व्यवसाय गरेर आर्य आर्जन गर्न सकिने बातावरण निर्माणका लागि समेत आग्रह गर्दै नाडाको ६ बुंदे लिखित सुझावहरु समेत पेश गरेका छन्।

यसैक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले एजेन्सी दर्ता सम्बन्धी ऐन अहिलेसम्म पारित नहुदा सवारी साधन पैठारीकर्ताहरुलाई ठूलो समस्याभईरहेकोले सो ऐन छिटै पारित गर्नका लागि आग्रह गरेका छन्।

बिज्ञापन

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालकाव्याट्री उद्योगहरुको अवस्थाबारे समेत जानकारी दिनु हुंदै हालबन्द रहेको गोरखकाली रबर उद्योगलाई हालको ठाउबाट कुनै उपयुक्त स्थानमा स्थानान्तरगरी सञ्चालन गर्न सकिने र त्यस ठाँउलाई सेजको रुपमाप्रयोग गर्न सकिने धारणा राखे।

मन्त्री भण्डारीले नेपालको उद्योग व्यवसायको स्थितिबारे बिनाकुनै जानकारी संसदमा प्रश्न उठ्ने गरेको गुनासो गर्नु हुदै नेपाल सरकारले खुल्लाबजार अर्थनीति अवलम्बन गरिरहेको बताए। उनले खुल्लाबजार अर्थतन्त्रमा ७०० प्रतिशतसम्म पनि मुनाफा गर्न सकिने बताउँदै नाडाका सुझावहरु राजश्व परामर्श समितिमा पठाउन अनुरोधसमेत गरे।

मन्त्री भण्डारीले एजेन्सी दर्ता सम्बन्धी नयाँ ऐन अहिलेसम्म पारित नभएको सन्दर्भमा तत्कालै सम्बन्धित मन्त्रालयबाट जानकारी लिँदै सो ऐन छिट्टै पारित हुने बताए। मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायको समुचित उत्थानकालागि उपयुक्त वातावरण सिर्जना गर्न आफु दत्तचित्त भएर लागिरहेको बताए।

भेटघाट तथा छलफलमा मन्त्रालयका वाणिज्य सचिव गोविन्द कार्की, उद्योग सचिव कृष्णवहादुर रावत, नीजि सचिव सुमन धिताल र स्वकिय सचिव आनन्दप्रसाद भट्ट समेतको उपस्थिति रहेको थियो। त्यसैगरी नाडाकोतर्फबाट सचिव विक्रम सिंहानिया, सह कोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते