अनिल रेग्मी गरिमा विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।
बिज्ञापन
बैंक सञ्चालक समितिको सोमबारको बैठकले आज मंगलबारदेखि लागू हुनेगरी रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
बिज्ञापन
रेग्मी २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्। उनी १५ चैत ०८० देखि कम्पनीको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीसँग तत्कालीन जनता बैंक र तत्कालिन सेन्चुरी कमर्शियल बैंकमा ११ वर्षसहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही १३ बर्ष कार्य अनुभव छ। उनी त्यसअघि लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध थिए।
बिज्ञापन








