होमपेज > अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

बिज्ञापन
बिज्ञापन

अमेरिकका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि हत्या प्रयास भएको छ । उनी एक संभावित हत्याको प्रयासबाट जोगिएको अमेरिकी सुरक्षा एजेन्सी (एफबीआई)ले जनाएको छ ।

बिज्ञापन

गएराति अमेरिकाको फ्लोरिडास्थित एक गोल्फ क्लबमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहारको प्रयास भएको छ । एफबीआईका अनुसार ट्रम्प सुरक्षित छन् । अधिकारीहरूका अनुसार स्थानीय समय अनुसार राति करिब २ बजे उनीमाथि गोली प्रहारको प्रयास भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान भने सुरु गरिसकेको छ ।

बिज्ञापन

गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि गोली चलाएको थियो । एफबीआईका अनुसार, ट्रम्प यस समयमा २७५ देखि ४५५ मीटर टाढा थिए । घटनास्थलमा एक एके४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका छन् । ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरका अनुसार नजिकैको झाडीमा भने एके ४७ राइफल फेला परेको र एकजना शंकास्पद व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार छन् । उनीमाथि यसअघि पेनसिलभेनियामा पनि गोली प्रहार भएको थियो । त्यस घटनामा ट्रम्पको कानमा गोली लागेको थियो र एक दर्शकको मृत्यु भएको थियो । घटना पछि ट्रम्पले भने आफूले हार नमान्ने बताएका छन् । उनले आफ्ना समर्थकलाई इमेल लेख्दै भनेका छन्, ‘म सुरक्षित छु । ममाथि फेरि गोली प्रहारको प्रयास भएको छ । तर, म यस्ता घटनाले भने आत्मसमर्पण गर्दिन ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते