होमपेज > गण्डकी सरकार र पोखरा महानगरले गर्‍यो पलेसालाई सम्मान

गण्डकी सरकार र पोखरा महानगरले गर्‍यो पलेसालाई सम्मान

बिज्ञापन
बिज्ञापन

पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई आइतबार पोखरामा नगदसहित सम्मान गरिएको छ।

बिज्ञापन

नेपाल तेक्वान्दो सङ्घले पोखरा सभागृहमा आयोजना गरेको सम्मान कार्यक्रममा गण्डकी प्रदेश सरकारले पलेसलाई एक लाख ५० हजार, पोखरा महानगरपालिकाले दुई लाख २२ हजार दुई सय २२ तथा नेपाल तेक्वान्दो सङ्घ कास्कीले ५० हजार पाँच सय र सम्मानपत्रबाट सम्मान गरेका हुन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सो सम्मान प्रदान गरेका हुन्। नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन्।

बिज्ञापन

पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन्। सन् २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा सन् २०१० देखि तेक्वान्दो खेल्न सुरु गरेको हुन्। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पलेसालाई गण्डकी प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने घोषणा गरे। उनले भने, ‘प्रदेश सरकारले गण्डकी प्रदेशका ओलम्पियनहरूलाई गत वर्षबाट मासिक भत्तासहित सम्मानको कार्यक्रमलाई अघि बढाएको छ। पलेसा नेपाली खेलकुदमा इतिहास रच्ने खेलाडी भएको नाताले गण्डकी प्रदेशको खेलाडी नभए पनि उनलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गर्दछु।’

गण्डकी प्रदेश सरकारका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पलेसाको ऐतिहासिक उपलब्धिले खेल क्षेत्रमा नयाँ सञ्चार गरेको बताए। पोखरा महानगरका प्रमुख आचार्यले महानगर राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको साथमा रहेको बताए। उनले भने,’नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्‍याएकी छिन्, यो सिङ्गो मुलुकका लागि गर्वको विषय हो। पलेसालगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि महानगर सँधै साथमा छ।’ प्रमुख आचार्यले भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा पलेसाको सफलता महत्त्वपूर्ण हुने बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते