आज कालीमाटी फलफूल तथा तरकारी बजारमा अघिल्लो दिनको तुलनामा केही तरकारी सस्तिएको छ ।
बिज्ञापन
टाटे सिमी १३, चिचिन्डो १४, घिरौंला १८, लाम्चो भन्टा १४ तथा डल्ले भन्टा २२ प्रतिशत घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार टाटे सिमी प्रतिकिलो अधिकतम ७०, चिचिन्डो ३५, घिरौंला ५०, लाम्चो भन्टा ३५ र डल्लो भन्टा ४० रुपैयाँमा कारोबार भएको छ ।
बिज्ञापन
घिउ सिमी, भिण्डी, डल्लो च्याउ भने केही महँगिएको छ । स्थानीय घिउ सिमी प्रतिकिलो ८०, भिण्डी ३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । तिते करेला ६०, लौका ५०, तने बोडी ५०, स्कुस प्रतिकिलो ३० रुपैयाँ रहेको समितिले जनाएको छ ।
प्याज प्रतिकिलो अधिकतम १२५ रुपैयाँ छ । ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो ७० रुपैयाँ छ । रातो आलु ७२, स्थानीय गाजर १००, स्थानीय काउली १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । डल्ले च्याउ ३५०, राजा च्याउ ३००, कुरिलो ४५०, कन्य च्याउ २०० तथा ब्रोकाउली १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
बिज्ञापन








