होमपेज > सुकमेल खानुका फाइदै फाइदा

सुकमेल खानुका फाइदै फाइदा

बिज्ञापन
बिज्ञापन

नियमित भान्सामा प्रयोगमा आउने सुकमेल सबैले चिनेजानेकै मसला हो ।  सुकमेल खाने व्यक्तिमा कोलोन क्यान्सर लाग्ने जोखिम कम हुन्छ । मुटुसम्बन्धी रोग लागेकाहरूका लागि पनि सुकमेल लाभदायक मानिन्छ । मुटुको गति तीव्र हुने, हाइपरटेन्सनलगायतका मुटुसम्बन्धी समस्या भएकाहरूले चियामा सुकमेल हालेर पिउँदा राम्रो हुन्छ ।

बिज्ञापन

सुकमेलमा पाइने माइक्रोन्युट्रिएन्ट्सले रगतमा खराब कोलेस्ट्रोलको मात्रा कम गरिदिन्छ । सुकमेलको तेललाई डिप्रेसनविरुद्धको औषधिका रूपमा समेत प्रयोग गरिन्छ । विभिन्नखालका पिसाबसम्बन्धी इन्फेक्सनको उपचारमा समेत सुकमेल प्रयोग हुने गर्छ । सुकमेल खानु एसिडिटी, ग्यासट्रिकलगायत पेटसम्बन्धी समस्या भएकाहरूले समेत  राम्रो हो । सुकमेल खादा दम र श्वासप्रश्वाससम्बन्धी अन्य समस्या भएकाहरूका लागि पनि सुकमेल खानु लाभदायक हुन्छ । सुकमेल खानाले शरीरमा जम्मा भएका विकार कम हुन्छ ।

बिज्ञापन

हेर्नुहोस् सुकमेल खानुका फाइदाहरु: 

१-मुटुको धड्कनमा सुधार

बिज्ञापन

आजकल मुटुको रोग सामान्य भएको छ। प्रायः मानिसहरूको मुटुको धड्कन कम हुन्छ। मुटुको धड्कनलाई सही राख्नको लागी सानो सुकमेल निकै प्रभावकारी हुन्छ। सुकमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ पाइन्छ । मानवको रक्त, शरीरमा पाइने तरल पदार्थ र टिसयुजको मुख्य तत्व पोटासियम हो। सुकमेलमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ।

२-फोक्सोको समस्यालाई हटाउछ
सुकमेलले फोक्सोमा रक्त संचालनको गतिलाई बढाउँछ। यसले स्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्दछ। आयुर्वेदमा सुकुमेलको परिणाम गर्मी मानिएको छ। जसले शरीरको लागि गर्मी दिन्छ। त्यसकारण यसको सेवन गर्नाले तपाईँको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ।

३-रक्तचाप नियन्त्रण गर्छ
सुकमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ। मानव शरीरमा धेरैजसो रोगले उच्च रक्तचापको कारण जन्म लिन्छ।
यदि तपाई पनि प्रतिदिन दुईदेखि तीनवटासम्म सुकमेलको सेवन गर्नु हुन्छ भने तपाईं रक्तचापबाट मुक्त हुनुहुन्छ।

४-मुखको गन्ध हटाउन
सुकमेलले स्वाद बढाउनुका साथै माउथ फ्रेश्नरको काम पनि गर्छ। यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउछ। यदि तपाईँको मुख धेरै गनाउँछ र मान्छेहरू तपाईंको छेउमा पर्न हिचकिचाउँछन् भने हर समय एउटा सुकमेल मुखमा राख्न सक्नुहुन्छ, मुखमा सुकमेल हाली समय लगाएर चुस्ने गर्नुस् । यसमा पाइने सुगन्धले श्वासलाई ताजा राखी दुर्गन्ध हटाउँछ ।

५-कब्जियतबाट राहत
तपाईंलाई कब्जियत छ भने पनि सुकुमेल पकाएको पानी पिउनाले तपाईँलाई फाइदा गर्छ। यसले तपाईँको पाचन क्रियालाई सही बनाएर कब्जियतबाट राहत पाउन सक्नुहुन्छ।

६-वैवाहिक जीवनलाई सुखी बनाउन
सुकमेलको सेवन गर्नाले तपाईंको सेक्स लाइफ अर्थात् यौन जीवनलाई पनि राम्रो हुन्छ। प्रत्येक दिन सुकमेलको प्रयोग गर्नाले तपाईंको यौन जीवन सही रहन्छ र तपाईंको जिवन साथी पनि सधैँ खुशी हुन्छिन्। नपुंसकतामा पनि सुकमेलको प्रयोग गर्नु फाइदा हुन्छ।

७-उल्टी हुने समस्यामा राहत
लामो दूरीको यात्रा गर्दा उल्टी हुने समस्या हुन्छ । यात्रा शुरु गर्नुभन्दा पहिला सुकमेलको प्रयोगले यस समस्यालाई हटाउन मद्दत गर्नेछ। यदि तपाईंलाई यात्रामा सबै समय उल्टीको समस्या हुन सक्छ भन्ने लाग्छ भने तपाईंले सम्पूर्ण समय सुकमेललाई मुखमा राख्न सक्नु हुन्छ।

८-घाँटी दुख्ने समस्या
मौसम परिवर्तन वा सामान्य दिनहरुमा पनि घाँटी दुख्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुकमेलको प्रयोग गर्नुहोस्। यसले दुखाइबाट राहत दिन्छ। भोक नलाग्ने, बान्ता हुने, अपज हुनेलगायत समस्या छ भने सुकमेल खानाले कम हुन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते