होमपेज > चलचित्र ‘ज्वाइँ साब’को गीत ‘कसम बत्तीको’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

चलचित्र ‘ज्वाइँ साब’को गीत ‘कसम बत्तीको’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

बिज्ञापन
बिज्ञापन

असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो ।

बिज्ञापन

सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ । दशैंको फूलपातीमा रिलिज हुन लागेको फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाहले नृत्य गरेका छन् । विवाहको परिवेशलाई समावेश गर्दै यो गीतको भिडियो तयार पारिएको छ । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

बिज्ञापन

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा वुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरुको अभिनय छ ।

अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्ममा संजय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ । रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण भएको हो ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते