नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स २.१९ प्रतिशतले घटेर ४६९.१८ विन्दुमा पुगेको छ।
बिज्ञापन
यसदिन ३२७ स्क्रिप्सको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भए।उच्च अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। हाथवे इन्भेस्टमेन्टको नेपालको सेयर सर्वाधिक ८.९८ प्रतिशतले बढ्यो। उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको ७.७८ प्रतिशतले घट्यो।
बिज्ञापन
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड ५७ हजार ८०२ रुपैयाँको कारोबार भयो। हिमालयन रिइन्स्योरेन्सको २७ करोड,हाथवेको २३ करोड,हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्टको २३ करोड र अपी पावरको २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएका २२ स्टक्सको मूल्य बढ्दा २२२ वटाको घट्यो। सबै समूहको उपसूचक घटेको छ।








