होमपेज > प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सडक अवरूद्ध गरेर प्रदर्शन

प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि सडक अवरूद्ध गरेर प्रदर्शन

बिज्ञापन
बिज्ञापन

सिन्धुलीमा विद्यालयको छात्रावासभित्र विद्यार्थी मृत भेटिएको घटनामा पीडित परिवारले दिएको जाहेरी दर्ता गर्न माग गर्दै धनुषामा सडक अवरूद्ध गरेका छन्। जनकपुर-ढल्केवर सडखण्डमा लक्ष्मिनियाँ गाउँपालिका-४ स्थित सपहीमा स्थानीयले सडक अवरुद्ध गर्दै बिहान ७ बजेदेखि प्रदर्शन गरेका हुन्।

बिज्ञापन

दुई घण्टादेखि सडक अबरुद्ध हुँदा यातायात ठप्प भएका छन्। गत भदौ २ गते सिन्धुलीको कमलामाई नगरपालिकास्थित रहेको भगवतीमाई इंग्लिस माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्ने सपही बस्ने १४ वर्षीय रजनीश साह होस्टेलमा झुण्डिएको अवस्थामा भेटिएका थिए। घटना भएको धेरै बेरसम्म आफुलाई जानकारीनै नदिएको मृतक रजनीशका बुवा गणेश साहले बताए । ‘घटना तीन बजेतिरको रहेछ तर छोरा फेन्ट भएको भनेर मलाई स्कुलबाट साढे ४ बजेमात्रै खबर गरियो । सिन्धुलीमा उपचार सम्वभ नभएपछि धुलिखेल लाँदैछौँ भन्यो । राति १० बजे मैले अरुबाट थाहा पाएँ कि मेरो छोराले सुसाइड गरेको रहेछ,’ गणेशले भने।

बिज्ञापन

राति दुई बजे आफू धुलिखेल अस्पताल पुग्दा छोराको मृत्यु भइसकेको पाएको उनले बताए। ‘घटना शंकास्पद छ, स्कुलले सिसिटिभी फुटेज किन देखाउँदैन,’उनले भने। गत बिहीवार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा छोराको पोष्टमर्टम रिर्पोट माग्न जाँदा प्रहरीले वकिल, डाक्टर सहितका व्यक्तिलाई कार्यालयमै लिएर आएपछि मात्रै देखाउन मिल्ने भनेको गणेश बताउँछन्।

त्यसैदिन प्रहरीले घटना शंकास्पद लागे जाहेरी लिएर आउन भनेका थिए । गाणेशले विद्यालयका संचालक, प्रिन्सिपल र वार्डेन सहित चार जना विरुद्ध किटानी जाहेरी दिन आइतबार पुगेका थिए। तर प्रहरीले जाहेरी दर्ता गर्न नमानेको र विद्यालयकै पक्ष लिएको उनको भनाइ छ । ‘प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि हामी आधा घन्टा स्कुल अगाडि धर्ना बस्यौँ, प्रदर्शन गर्‍यौं। त्यसपछि त्यहाँका डिएसपीले दर्ता गरिदिन्छौँ भन्नुभयो तर गरिदिएन। हामी अन्यायमा परेपछि बाध्य भएर आन्दोलन सुरु गरेका छौं,’ उनले भने।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते