कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ ।
बिज्ञापन
आज कन्य र डल्ले च्याउ दुवैको भाउ बढेको छ । हिजो प्रतिकिलो १४० रुपियाँ रहेको कन्य च्याउ किलोमा ३६ रुपियाँले बढेर १७६ रुपियाँ कायम भएको छ । त्यस्तै यसदिन डल्ले च्याउ ४७६ रुपियाँमा बिक्री भइरहेको छ । अघिल्लो दिन यसको भाउ ४२६ रुपियाँ मात्रै थियो । हिजोको तुलनामा ५० रुपियाँले महँगो भएको हो ।
बिज्ञापन
त्यसैगरी ब्रोकाउलीको मूल्य १७ रुपियाँ सस्तिएको छ । आज १३३ रुपियाँ ब्रोकाउली हिजो १५० रुपियाँ थियो । साथै, सोमबार कालिमाटीमा करेलाको भाउ प्रतिकिलो २० रुपियाँले वृद्धि भएर ८५ रुपियाँ पुगेको छ ।








