पोखरामा कार पार्किङ गर्दा दुई जना कारसहित सेती खोंचमा खसेका छन्।
बिज्ञापन
बुधबार साँझ पौने ८ बजे पोखराको मेडिपल्स हस्पिटल पछाडी पार्किङ गर्ने क्रममा ग २ च ८१३८ नम्बरको कारसहित पोखरा महानगरपालिका- ८ सिमलचौरका ४० वर्षीय लोकेन्द्र आचार्य र उनका ४ वर्षीया छोरी सितल आचार्य खोँचमा खसेका थिए। उनीहरू २० मिटर तल खसेका थिए। दुवैको सकुशल उद्धार गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।








