कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित काठमाडौं नेत्रालय सुपर स्पेसियालिटी आइ केयर सेन्टरबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
बिज्ञापन
यस सम्झौताअनुसार काठमाडौं नेत्रालयबाट कुमारी बैंक लिमिटेडका ग्राहकले चिकित्सक परामर्शरजाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड, मोबाइल बैकिङ्ग सेवाबाट रकम भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।








