होमपेज > सुदूरपश्चिमवासीको भावनामा चोट पुग्ने भिडियो टिकटकमा पोष्ट गर्ने गायिका दुर्गाविरुद्ध जाहेरी

सुदूरपश्चिमवासीको भावनामा चोट पुग्ने भिडियो टिकटकमा पोष्ट गर्ने गायिका दुर्गाविरुद्ध जाहेरी

बिज्ञापन
बिज्ञापन

सुदूरपश्चिमको बारेमा तल्लो स्तरको टिप्पणी गरेकी दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ । दार्चुला दुँहु गाउँपालिका-५ गमेराका कृष्णसिंह महराले साउदविरुद्ध विद्युतीय अपराधअन्तर्गत प्रहरीमा जाहेरी दिएका हुन् ।

बिज्ञापन

अमेरिकामा ममता काफ्ले बेपत्ता भएपछि प्रहरीले उनका श्रीमान्‌लाई अनुसन्धानको लागि पक्राउ गरेको छ । त्यही विषयलाई लिएर दाहालले समग्र सुदूरपश्चिमवासीको भावनामा चोट पुग्ने अभिव्यक्ति दिएपछि जाहेरी दिएको जाहेरीमा उल्लेख गरिएको छ । विद्युतीय माध्यमबाट साम्प्रदायिक हिंसालाई बढावा दिने गरी अभिव्यक्ति दिएको जाहेरीकर्ताले ठहर गरेका छन् ।

बिज्ञापन

सुदूरपश्चिमको कञ्चनपुर घर बताउने दुर्गाले ‘सुदूरपश्चिमका मान्छेहरू रक्सी खाएर हिँड्ने, रक्सी भनेपछि धेरै खाने, कसले बढी केटी ल्याउने, कसका बढी गर्लफ्रेन्ड हुने, कसले बढी रक्सी खाने कम्पिटिशन हुन्छ’ भन्दै टिकटकमा भिडियो पोष्ट गरेकी थिइन् । उनले उक्त भिडिओमा सुदूरपश्चिममा छोरी बिहे गरेर दिनु भनेको नर्कमा पठाउनु सरह हो समेत भनेकी छिन् । उनले सुदूरपश्चिमका युवतीहरू भारतस्थित दिल्लीको जीवी रोडमा भेटिने भन्दै कमेन्ट समेत गरेकी थिइन् । विद्युतीय कारोबार ऐन अन्तर्गत अपराध गरेको भन्दै दुर्गालाई तुरुन्त पक्राउ गरी अनुसन्धान गर्न जाहेरीमा उल्लेख गरिएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते