मुगुको सोरु गाउँपालिका–६ बन्जाँहामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिज्ञापन
सोरुकोटदेखि गमगढी बजारतर्फ आउँदै गरेको ग १ ज ६४६७ नम्बरको बोलेरो जीप मोडमा पछाडि हट्ने क्रममा करिब १०० मिटर तल खसेको हो ।
बिज्ञापन
जीपमा सवार दुई जनामध्ये चालक रहेका सोरु गाउँपालिका–३ भिँईगाउँका नरबहादुर बुमीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।








