साफ महिला च्याम्पियनसिप २०२४ को खेल तालिका सार्वजनिक भएको छ ।
बिज्ञापन
साफले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म सञ्चालन हुनेछ । दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत आमनेसामने हुनेछन् ।
बिज्ञापन
नेपालले भने आफ्नो पहिलो खेल भुटानविरुद्ध खेल्नेछ । सो खेल अक्टोबर १८ मा हुनेछ । अक्टोबर २१ मा माल्दिभ्ससँग र अक्टोबर २४ मा श्रीलंकासँग नेपालले खेल्नेछ । प्रतियोगितामा कुल ७ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’मा भारत, पाकिस्तान र बंगलादेश छन् भने समूह ‘बी’मा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन् । समूह विजेता तथा उपविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । अक्टोबर २७ मा दुवै सेमिफाइनल हुनेछ भने अक्टोबर ३० मा फाइनल खेल हुनेछ ।








