होमपेज > बालबालिकामा हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु

बालबालिकामा हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु

बिज्ञापन
बिज्ञापन

बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ।

बिज्ञापन

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेका विद्यालयमा हात्तीपाइले रोगको दोस्रो चरणको ट्रान्समिशन सर्भे सुरु गरिएको हो। कक्षा १ र २ मा अध्ययनरत ६ देखि ७ वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिशन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका ल्याब निरीक्षक राजकुमार इटनीले बताए। नयाँ सङ्क्रमण जाच्न बालबालिकाको सो उमेर समूह उपयुक्त मानिएको छ। बर्दियामा तीन सय ७३ विद्यालयका १८ हजार नौ सय ५० विद्यार्थीमध्ये ३७ विद्यालयका एक हजार पाँच सय ५२ विद्यार्थीहरुको नमूना परीक्षण गरिनेछ।

बिज्ञापन

उनका अनुसार रक्त नमूना जाँचका क्रममा पोजिटिभ देखिएका विद्यार्थीहरुको सङ्ख्या ‘एसएसबी’ ले दिएको ‘स्टाब्लिज्ड क्रिटिकल कट अफ’ १८ भन्दा कम भएमा टास सर्भे सफल भएको मानिन्छ। यदी १८ भन्दा बढी भएमा असफल मानिन्छ । असफल भएमा के गर्ने भन्ने विषयमा विज्ञहरुको सुझाव लिइन्छ। सर्भे फिल्डमा एक जनाले विद्यार्थीहरुको लाइनअनुसार नाम दर्ता र परामर्श दिने, एक जनाले नमूना सङ्कलन गर्ने र एक जनाले प्राप्त नमूनाको अभिलेख अद्यावधिक गर्ने गरी तीन जना खटिएका छन्।

सन् २०२२ को तथ्याङ्कअनुसार दक्षिण पूर्वी एशियामा ५४ प्रतिशत हात्तीपाइले रोगको भार रहेको छ । जसमध्ये ४० प्रतिशत भारतमा छ । नेपालमा हात्तीपाइलेको जोखिममा ६४ जिल्ला छन् । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेर ‘वुचेरिया ब्रानक्रोफ्टी’ नामक परिजीवी शरीरमा प्रवेश गरेपछि हात्तीपाइले रोग लाग्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए। जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बर्दियामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत १० वर्ष औषधि खुवाइएको छ । सन् २०१२ देखि ३९ दशमलव आठ प्रतिशत बेसलाइनबाट सुरु गरिएको आम औषधि सेवन सन् २०१३ मा ६९ दशमलव एक प्रतिशत, २०१४ मा ७६ दमशलव दुई, २०१५ मा ७९ दशमलव एक, २०१६ मा ७६ प्रतिशत, २०१७ मा ७६ दशमलव छ, २०१८ मा ७३ दशमलव चार, २०१९ मा ७३ दशमलव आठ, २०२० मा ७८ दशमलव पाँच र सन् २०२१ मा ७९ दशमलव एक प्रतिशतले गरेका छन् । बर्दियामा जिल्ला स्तरीय अभिमुखीकरण गरी सर्भे सुरु गरिएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते