होमपेज > सिंचाइका लागि बोरिङ राख्न बनाइएको घरभित्र नक्कली नोट बनाउने आठ जना पक्राउ

सिंचाइका लागि बोरिङ राख्न बनाइएको घरभित्र नक्कली नोट बनाउने आठ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको मधुवनीबाट नक्कली नोट बनाउने सामानसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये दुई जना भारतीय र ६ जना नेपाली छन् ।

बिज्ञापन

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी थाना बैरगनिया ग्रामपञ्चायत पान टंकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर, भारतकै मेजरगञ्ज ग्रामपञ्चायत–८ का ४० वर्षीय सुवोध कुमार छन् । यस्तै नक्कली नोटको कारोबारमा संलग्न काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहट चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

यस्तै ललितपुर नगरपालिका–१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुर चाङ्गुनारायण नगरपालिका–५ का ३७ वर्षीय अमिर खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार नक्कली नोटको कारोबार गर्ने गिरोह नै पक्राउ गरिएको छ ।

मधुवनी गाउँको दशनजिक सिंचाइका लागि बोरिङ राख्न बनाइएको घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो । घटनास्थलबाट प्रहरीले एक हजार नोटको आकारमा काटिएको १४ बण्डल कागज, विभिन्न रङका ८ लिटर केमिकल, ९५ हजार ८०५ सक्कल नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, २ भारतीय नम्बर प्लेट तथा १ नेपाली नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । त्यस क्षेत्रमा यसअघि पनि नक्कली नोटको कारोबारी पक्राउ परिसकेका छन् ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते