सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी राजेश्वर श्रेष्ठको ४० हजार र पानबहादुर गुरुङको नाममा रहेको ४१ हजार ५७० गरी कुल ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बिज्ञापन
यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छकु संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गनृ चाहेको शेयर विवरण खुलाई आवेदन दिनुपर्नेछ । तोकिएको समयमा शेयर खरिदका लागि संस्थापक शेयरधनीबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।








