बैतडीको पुर्चौंडी नगरपालिका–७ रतोकामा पहिरोका कारण एक घर परिवार विस्थापित भएको छ । घर मुनिबाट पहिरो खस्न थालेपछि जोखिमको डरले विस्थापित भएका छन् । पहिरोले रतोकाका स्थानीय धर्मसिंह बोहराको घर जोखिममा परेपछि विस्थापित हुन पुगेको बताए ।
बिज्ञापन
ढोल्यामोड–हाट सडक स्तरोन्नतीका क्रममा डबल कटिङ गरेसँगै सडकमाथि रहेको बोहराको घर पहिरोको उच्च जोखिममा परेको हो । पहिरोले घर मुनि निर्माण भएको पर्खाल भत्किएपछि डर घरमा बस्न छोडेको उनको भनाई छ ।
बिज्ञापन
सडक निर्माणका क्रममा लगाएको पर्खालसँगै जोडिएको घरको आँगन भत्किएपछि बोहरा परिवार आफन्तको घरमा सरेका छन् । बोहराको ९ जनाको परिवार अहिले छिमेकी नरी रतोकीको घरमा बसेका छन् । उक्त पहिराले नरी र धनी रतोकीका घर पनि जोखिममा छन् ।








