कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिज्ञापन
कालीमाटीमा आज सुकेको प्याज, स्थानीय काउली, हरियो फर्सी, कुरीलो, लप्सी, भेडे खुर्सानी र भन्टालगायतको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको हो । केही दिनयता सुकेको प्याजको भाउ प्रतिकेजी ७ रुपैयाँबढीले बृद्धि भएको छ । यसअघि प्रतिकेजी १२५ रुपैयाँ रहेको सुकेको प्याजको भाउ बढेर आज १३२ रुपैयाँ पुगेको हो ।
बिज्ञापन
त्यस्तै, काउलीको भाउ प्रतिकेजी ९५ रुपैयाँले रहेकोमा आज बढेर १०६ रुपैयाँ, हरियो डल्लो फर्सीको भाउ बढेर ४५ रुपैयाँ पुगेको छ भने कुरीलोको भाउ ४०० रुपैयाँ कायम गरिएको छ । यसैगरी, पार्सलेको भाउ बढेर १ हजार ४५० रुपैयाँ पुगेको छ भने कागती ३७५ रुपैयाँ, लप्सी ६५ रुपैयाँ, भेडे खुर्सानी ११० रुपैयाँ, हरियो डल्लो फर्सी ४५ रुपैयाँ, लाम्चो भन्टा ४६ रुपैयाँ र डल्लो भन्टा ५६ रुपैयाँ ५६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।








