आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बारामा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-११ बस्ने २४ बर्षका सन्दीपकुमार यादवको मृत्यु भएको हो।
बिज्ञापन
बिहीवार राति उनले चलाएको लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया उपमहानगरपालिका- १६ उत्तर झिटकैया स्थित अनियन्त्रित भइ पल्टिँदा यादवको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
बिज्ञापन
यादवका आफन्तले मृतकको सनाखत गरेको उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।








