होमपेज > नाडा अटो शो २०२४ लक्षित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आकर्षक लोन योजना

नाडा अटो शो २०२४ लक्षित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको आकर्षक लोन योजना

बिज्ञापन
बिज्ञापन

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ। अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको बैंकले जनाएको छ।

बिज्ञापन

बैंककाअनुसार यस योजनामा विद्युतीय गाडीका लागि अधिकतम ५ वर्षको अवधीको लागि आधार दरमा एक प्रतिशत प्रिमियम थपेर लिनेछ। त्यस्तै सेवा शुल्क पनि शून्य दशमलब ५० प्रतिशत तोकेको छ। यता इन्धन गाडीका लागि अधिकतम अवधि ७ वर्ष र ब्याजदर आधार दरमा दुई प्रतिशत प्रिमियम थपे हुनेछ। त्यस्तै सेवा शुल्क शुन्य दशमलब ७५ प्रतिशत तय गरिएको छ।

बिज्ञापन

गाडी खरिदमा भुक्तानी सहजताका लागि बैंकले १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा दिएको छ। यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्याउने बैंकको विश्वास छ । ग्राहकहरूको सुविधाका लागि बैंकले नाडा शोका क्रममा छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइने बैंकले जनाएको छ ।

यसका अतिरिक्त, बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ । चाडपर्वको माहौललाई ध्यानमा राख्दै बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते