होमपेज > चोर बाटो हुँदै अमेरिका छिर्ने १ सय नेपाली अलपत्र

चोर बाटो हुँदै अमेरिका छिर्ने १ सय नेपाली अलपत्र

बिज्ञापन
बिज्ञापन

अवैध रुपमा अमेरिका छिर्ने भन्दै ब्राजिल पुगेका करिब एक सय जना नेपाली साओ पाउलो विमानस्थलमा अलपत्र परेका छन्।

बिज्ञापन

मानव तस्करको प्रलोभनमा लाखौं रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिंडेका नेपालीसहित झन्डै सात सय आप्रवासी ब्राजिलको साओ पाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेको रोयटर्सले जनाएको छ। ती मध्ये अधिकांश भारतीय र भियतनामका नागरिक हुन्। दक्षिण अमेरिकी मुलुक ब्राजिल पुगेर शरणार्थी बन्ने र त्यहाँबाट विभिन्न देश हुँदै अमेरिका छिर्ने लक्ष्यसहित हिँडेका नेपालीहरु करिब एक सय जना रहेको हुनसक्ने ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले जानकारी दिए।

बिज्ञापन

ब्राजिलले आफ्नो भूमिलाई ट्रान्जिट बनाएर शरण लिन खोज्नेहरुलाई प्रवेश अनुमति नदिएपछि करिब एक सय नेपाली समेतलाई त्यहाँको सरकारको नियन्त्रणमा लिएर बन्दी जस्तै बनाएको छ। तर, आफूहरु अप्ठ्यारोमा परेको भनेर नेपालीहरु कसैले पनि दूतावासमा जानकारी नगराएको काफ्लेको भनाइ छ। ब्राजिल सरकारसँग अलपत्र परेका नेपालीको अवस्थाबारे छलफल गरिरहेको र समस्या परे तत्काल सहयोग गर्न आफूहरु तत्पर रहेको राजदूत काफ्लेको भनाइ छ।

लाखौं रकम असुलेर मानव तस्करहरुले ब्राजिल लगायतका देशमा पुर्याएर शरणार्थी बनाउने र त्यहाँबाट कोलम्बिया, पनामा, पेरु, ग्वाटेमाला हुँदै मेक्सिको जाने अनि अमेरिका छिराउने प्रयास गर्छन्। त्यही क्रममा कैयौंको बाटोमै ज्यान जान्छ। कैयौं मोटो रकम डुबाएर फर्काइन्छन्। भारतीय, भियतनामी र नेपालीसहित करिब सात सयलाई नियन्त्रणमा लिएको ब्राजिल सरकारले सोमबार देखि लागू हुने गरी नियमन कडा बनाएको छ। आप्रवासीको अवैध आवागमन रोक्न ब्राजिलले जुन एयरलाइन्सले त्यहाँ पुर्‍याएको हो उसैले फिर्ता लैजानु पर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते