होमपेज > टेडी बियरभित्र कोकिन राखेर तस्करी गर्ने एकजना पक्राउ

टेडी बियरभित्र कोकिन राखेर तस्करी गर्ने एकजना पक्राउ

बिज्ञापन
बिज्ञापन

लागुऔषध कोकिनसहित एक जना विदेशी नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले अफ्रिकी मुलुक इभोरी कोस्टका ३५ वर्षीय नागरिक भामारा कोनलाई पक्राउ गरेको हो।

बिज्ञापन

उनलाई भदौ ३ गते ब्युरोले काठमाडौं महानगरपालिका-२६ ठमेल ज्याठास्थित एक होटलबाट पक्राउ गरेको थियो। उनलाई पक्राउ गरी अन्य व्यक्‍तिको खोजी गर्दा फेला नपरेपछि आइतबार सार्वजनिक गरेको हो। उनी भदौ ३ गते कतार एयरवेजको उडानबाट नेपाल आइपुगेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि प्रहरीलाई उनीमाथि शंका लागेको थियो। उनी इथोपियाबाट दोहा हुँदै काठमाडौं आइपुगेका थिए। उनी विमानस्थलबाट काठमाडौंको ज्याठास्थित एक होटलमा पुगेका थिए। ब्युरोको टोलीले अनुसन्धान गरी उनी बसेको होटलसम्म पछ्याएको थियो।

बिज्ञापन

प्रहरी होटलमा पुग्दा प्रहरीले खेलौना टेडी बियरभित्र कोकिन फेला पार्‍यो। उक्त टेडी बियरभित्र ६९ वटा क्याप्सुल फेला परेको थियो। तौल गर्दा उक्त कोकिन एक किलो ८८ ग्राम रहेको थियो। ब्युरोका सहप्रवक्ता डिएसपी प्रेमबहादुर शाहीका अनुसार अवैध बजारमा उक्त तौल बराबरको कोकिनको मूल्य ३ करोड ८० लाख बराबरको हुन्छ। अनुसन्धानको क्रममा उनले कोकिनको क्याप्सुल नाइजेरियाबाटै निलेर काठमाडौंसम्म ल्याएको खुलेको छ। उनले नाइजेरियाबाट इथोपिया र दोहा हुँदै काठमाडौं ल्याएका थिए।

काठमाडौंमा ल्याएर उक्त कोकिन भारतसम्म पुर्‍याउने तस्करको योजना थियो। उनले यहाँबाट अर्कै व्यक्तिलाई कोकिन बुझाउने तयारीमा थिए। काठमाडौंबाट भारतमा पुर्‍याउनका लागि भने उनले उक्त कोकिन टेडी बियरभित्र राख्दै गरेको एक प्रहरीले बताए। त्यसैबेला प्रहरीले उनलाई फेला पारेको हो।

बिज्ञापन

प्रहरीले कोनलाई पक्राउ गरेपछि डेलिभरी लिन आउने व्यक्तिलाई पक्राउ गर्ने तयारी गरिरहेको थियो। तर ती व्यक्ति नआएपछि घटना सार्वजनिक गरेको हो। उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते