होमपेज > ४३ नेपाली तीर्थयात्री सवार बसलाई ट्रकले ठक्कर दिँदा सडकमै पल्टियो

४३ नेपाली तीर्थयात्री सवार बसलाई ट्रकले ठक्कर दिँदा सडकमै पल्टियो

बिज्ञापन
बिज्ञापन

भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।

बिज्ञापन

बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले जानकारी दिए । दुर्घटनाको प्रारम्भिक खबर आएको बताउँदै उनले आफू पालिका कार्यालय गएपछि यसबारे विस्तृत बुझ्ने प्रस्ट पारे । भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

बिज्ञापन

केही भारतीय सञ्चारमाध्यमले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएका छन् । सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । उनीहरु देवघरतर्फ गइरहेका थिए । घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते