महोत्तरीमा एक जना वडा अध्यक्ष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिज्ञापन
उनी जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उक्त स्थानमा लु.प्रदेश ०१-००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिज्ञापन








