महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको बस मुग्लिङ-नारायणगढ सडकखण्डमा पर्ने घुमाउनेमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
बिज्ञापन
बस आज बिहान दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।
बिज्ञापन
दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।








